BIZMANDU
www.bizmandu.com

अमेरिकी डलर स्थिर रहँदा युरो घट्यो, पाउण्ड स्टर्लिङ बढ्यो, यस्तो छ आजको विनिमय दर

२०८३ असोज १७

अमेरिकी डलर स्थिर रहँदा युरो घट्यो, पाउण्ड स्टर्लिङ बढ्यो, यस्तो छ आजको विनिमय दर
अमेरिकी डलर स्थिर रहँदा युरो घट्यो, पाउण्ड स्टर्लिङ बढ्यो, यस्तो छ आजको विनिमय दर


काठमाडौं। अमेरिकी डलर स्थिर रहँदा शनिबार युरोपियन युरो घटेको छ, पाउण्ड स्टर्लिङ महँगिएको छ।

Vigo
GBIME
Tata

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिद दर १५३ रुपैयाँ ८१ पैसा र बिक्री दर १५४ रुपैयाँ ४१ पैसामा स्थिर छ। अघिल्लो दिनका तुलनामा बढेर शुक्रबार उक्त मूल्य कायम भएको थियो।

गत बुधबारका तुलनामा बिहीबार घटेर मूल्य कायम भएको थियो। बिहीबार खरिद दर १५३ रुपैयाँ ४ पैसा र बिक्री दर १५३ रुपैयाँ ६४ पैसा थियो। त्यसअघि बुधबार खरिद दर १५३ रुपैयाँ २८ पैसा र बिक्री दर १५३ रुपैयाँ ८८ पैसा थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट छ। २४ घण्टामा ३१.८८ डलर घट्दै सुन प्रति औंस ४१४०.०८ डलरले कारोबार भइरहेको छ।  

युरोपियन युरो अघिल्लो दिनका तुलनामा ३० पैसा घटेको छ। शनिबार खरिद दर १७३ रुपैयाँ १ पैसा र बिक्री दर १७३ रुपैयाँ ६९ पैसा भएको छ। शुक्रबार खरिद दर १७३ रुपैयाँ ३१ पैसा र बिक्री दर १७३ रुपैयाँ ९९ पैसा थियो।

पाउण्ड स्टर्लिङ अघिल्लो दिनका तुलनामा २४ पैसा बढेको छ। खरिद दर २०३ रुपैयाँ १८ पैसा र बिक्री दर २०३ रुपैयाँ ९८ पैसा भएको छ। शुक्रबार खरिद दर २०२ रुपैयाँ ९४ पैसा र बिक्री दर २०३ रुपैयाँ ७४ पैसा थियो। स्वीस फ्रयांक पनि बढेर खरिद दर १८५ रुपैयाँ ६९ पैसा र बिक्री दर १८६ रुपैयाँ ४२ पैसा भएको छ। शुक्रबार खरिद दर १८३ रुपैयाँ ७६ पैसा र बिक्री दर १८४ रुपैयाँ ४८ पैसा थियो।

अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन बढेका छन्। चिनियाँ युआन, कतारी रियाल, यूएई दिरामको मूल्य स्थिर छ।

यस्तो छ शनिबारको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर११५३.८११५४.४१
युरोपियन युरो११७३.०११७३.६९
पाउण्ड स्टर्लिङ१२०३.१८२०३.९८
स्वीस फ्रयांक११८५.६९१८६.४२
अष्ट्रेलियन डलर११०६.७२१०७.१४
क्यानेडियन डलर११०८.०४१०८.४६
सिंगापुर डलर११२०.२३१२०.६९
जापानी येन१०९.७६९.८०
चिनियाँ युआन१२२.९४२३.०३
साउदी रियाल१४०.९७४१.१३
कतारी रियाल१४२.२०४२.३६
थाइ भाट१४.५८४.६०
यूएई दिराम१४१.८८४२.०४
मलेसियन रिंगेट१३७.६६३७.८०
साउथ कोरियन वोन१००११.४०११.४५
स्वीडिश क्रोनर११५.३११५.३७
डेनिश क्रोनर१२३.१४२३.२४
हङकङ डलर११९.६०१९.६८
कुवेती दिनार१४९९.४६५०१.४१
बहरेन दिनार१४०७.९६४०९.५५
ओमानी रियाल१३९९.५१४०१.०७
स्रोत : नेपाल राष्ट्र बैंक