BIZMANDU
www.bizmandu.com

विकल पौडेल अकुत सम्पत्ति मुद्दामा भ्रष्टाचारी ठहरः साढे दुई वर्ष कैद, ४१ करोड जरिवाना

२०८३ असोज १६

विकल पौडेल अकुत सम्पत्ति मुद्दामा भ्रष्टाचारी ठहरः साढे दुई वर्ष कैद, ४१ करोड जरिवाना
विकल पौडेल अकुत सम्पत्ति मुद्दामा भ्रष्टाचारी ठहरः साढे दुई वर्ष कैद, ४१ करोड जरिवाना


काठमाडौं। विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ। अकूत सम्पत्ति आर्जनमा भ्रष्टाचारी ठहर गर्दै विशेषले बिगो बराबरको जरिवाना र सम्पत्ति जफतको पनि आदेश गरेको छ।

Vigo
GBIME
Tata

अदालतले पौडेललाई बिगो बराबर हुने ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ जरिवानाको फैसला गरेको छ। बिगो बराबरको सम्पत्ति जफत हुने फैसलामा उल्लेख छ। विशेषका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले विकललाई भ्रष्टाचारी ठहरेको हो।

विशेषको फैसलामा भनिएको छ, ‘माथिका प्रकरणहरुमा विवेचना भए अनुरुप प्रतिवादी विकल पौडेलको जाँच अवधिको खुद आय रकम रु.४,१६,७९,०१८/२७ (चार करोड, सोह्र लाख उनासी हजार अठार रुपैयाँ सत्ताइस पैसा) र सोही अवधिको खुद व्यय रु.४६,११,५२,३०१/१२ (छयालीस करोड एघार लाख बाउन्न हजार तीन सय एक रुपैयाँ बाह्र पैसा) कायम हुने देखियो। यसरी निज प्रतिवादीले जाँच अवधिमा आर्जन गरेको खुद व्ययभन्दा रु.४१,९४,७३,२८२/८५ (एकचालीस करोड चौरानब्बे लाख त्रिहत्तर हजार दुई सय बयासी रुपैयाँ पचासी पैसा) बराबर बढी व्यय गरेको देखिँदा सोही बराबरको सम्पत्ति निजले गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि हुन आयो।’

फैसलाको पूर्णपाठ