BIZMANDU
www.bizmandu.com

प्रतिनिधि सभाको अधिवेशन २७७ घण्टा सञ्चालन, १२ वटा विधेयक दुवै सदनबाट पारित

२०८३ असोज १६

प्रतिनिधि सभाको अधिवेशन २७७ घण्टा सञ्चालन, १२ वटा विधेयक दुवै सदनबाट पारित
प्रतिनिधि सभाको अधिवेशन २७७ घण्टा सञ्चालन, १२ वटा विधेयक दुवै सदनबाट पारित


काठमाडौं। प्रतिनिधि सभाको दोस्रो अधिवेशन २७७ घण्टा ३० मिनेट सञ्चालन भएको छ। वैशाख २८ गते सुरु भएको अधिवेशन अन्तर्गत ६२ दिन ६८ वटा बैठक बसेको छ।

Vigo
GBIME
Tata

यसबाहेक बैशाख २८ र जेठ १५ गते दुई दिन संघीय संसद्‍को दुवै सदनको संयुक्त बैठक २ घण्टा ५५ मिनेट बसेको थियो।

प्रतिनिधि सभामा ८ वटा अध्यादेश पेस भएकामा ४ वटा स्वीकृत भएका छन्। अधिवेशन अवधिभरमा प्रतिनिधि सभामा ३५ वटा विधेयक दर्ता भएकामा १२ वटा विधेयक दुवै सदनबाट पारित भइ ११ वटा राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन), मतदाता नामावली(पहिलो संशोधन), सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) लगायत विधेयक पारित भएकामा २० वटा विधेयक भने संसदीय समितिमा विचाराधीन छन्।

प्रतिनिधि सभाबाट प्राप्त ५ वटा विधेयकमध्ये ४ वटा प्रतिनिधि सभामा विचाराधीन छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुले उठाएका प्रश्नको जेठ १७ जवाफ दिए भने भोटेकोशी नदीमा आएको बाढीले भएको क्षतिबारे भदौ १७ गते जानकारी दिए। यसबाहेक प्रधानमन्त्रीले संसद्‍मा बोलेनन्।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नमा परराष्ट्रमन्त्री शिशिर खनालले ४ पटक, स्वास्थ्यमन्त्री निशा मेहताले ३ पटक, गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल र सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले २/२ पटक तथा कानुनमन्त्री सोविता गौतम, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, उद्योगमन्त्री दीपककुमार साह, श्रममन्त्री रामजी यादव र वनमन्त्री गीता चौधरीले १/१ पटक जवाफ दिएका छन्।

संसद्‍को दोस्रो अधिवेशन शुक्रबारदेखि अन्त्य गरिएको छ।