काठमाडौं । रसुवा बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्याउन होन्डाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख अमेरिकी डलर सहयोग गरेको छ।
होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसिया होन्डा मोटर को. लिमिटेडले थाई रेडक्रम सोसाइटीमार्फत सो सहयोग प्रदान गरेको हो।
होन्डाले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरुको शीघ्र पुनःस्थापनाको कामना गरेको छ।