BIZMANDU
www.bizmandu.com

भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको तयारी, प्रतिनिधिलाई बास गौशालादेखि कलंकीसम्म

२०८३ असोज १६

भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको तयारी, प्रतिनिधिलाई बास गौशालादेखि कलंकीसम्म
भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको तयारी, प्रतिनिधिलाई बास गौशालादेखि कलंकीसम्म


काठमाडौं। नेपाली कांग्रेसले महाधिवेशनमा सहभागी हुन आउने महाधिवेशन प्रतिनिधिका लागि काठमाडौंका विभिन्न क्षेत्रमा बासको व्यवस्था मिलाएको छ।

Vigo
GBIME
Tata

आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए।

बासका लागि लागि एअरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको चालिसेले बताए। आवास वापतको सम्पूर्ण खर्च एवं कार्यक्रम स्थलसम्म आवतजावत खर्च सहभागी स्वयम्‌ले बेहोर्ने पर्ने आयोजकले जनायो।

बिहान, दिउँसो र साँझको खाना भने भृकुटीमण्डपमा व्यवस्था गरिएको छ। महाधिवशेनमा ७ हजार ७०० बढी प्रतिनिधि सहभागी हुने चालिसेले बताए। असोज १८ गते खुल्लामञ्चमा उद्घाटन हुने १५औं महाधिवेशनको बन्दसत्र १९ र २० गते राष्ट्रिय सभागृहमा हुने तय गरिएको छ।

अहिले भृकुटीमण्डपमा मञ्च बनाउने काम तीव्र गतिमा चलिरहेको छ।