काठमाडौं। सेयर बजार सूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा आएको छ। शुक्रबार म्युचुअल फण्ड र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्।
उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको सूचक सबैभन्दा धेरै ०.७३ प्रतिशतले घटेको छ। बजारमा २०७ कम्पनीको सेयर मूल्य घटेको छ। सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८.५५ प्रतिशतले घटेको छ।
बजारमा ६१ कम्पनीको सेयर मूल्य बढेको छ। लगानीकर्ता ऋणपत्रमा आकर्षित भएका छन्। एनएमबि डिबेञ्चरको मूल्य सबैभन्दा धेरै १४.२९ प्रतिशतले बढेको छ।
सूचकसँगै कारोबार रकम पनि घटेको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँको सेयर कारोबार भएकामा शुक्रबार ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँको किनबेच भएको छ।
सिद्धार्थ बैंकको ऋणपत्र सबैभन्दा धेरै २६ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।