BIZMANDU
www.bizmandu.com

हितेन्द्रदेवले पुनर्बहाली माग गरेको रिटमा आज आदेश नआउने, इजलासले पेसी हेर्न नभ्याउने

२०८३ असोज १६

हितेन्द्रदेवले पुनर्बहाली माग गरेको रिटमा आज आदेश नआउने, इजलासले पेसी हेर्न नभ्याउने
हितेन्द्रदेवले पुनर्बहाली माग गरेको रिटमा आज आदेश नआउने, इजलासले पेसी हेर्न नभ्याउने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार आदेश नआउने भएको छ।

Vigo
GBIME
Tata

न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले हितेन्द्रदेवको रिट हेर्न नभ्याउनेमा राखेको छ। हितेन्द्रदेवले सरकारलाई विपक्षी बनाएर पुनर्बहालीको माग गर्दै असोज ६ गते रिट दायर गरेकामा त्यसको भोलिपल्ट न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउन आदेश दिएको होथियो।

सरकाले गत वैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी अध्यादेश जारी गरेपछि हितेन्द्रदेव पदमुक्त भएका थिए।