काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार राति ‘स्विप अपरेसन’ चलाएको छ। बिहीबार साँझदेखि शुक्रबार बिहान ६ बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा उक्त अपरेसन संचालन गरिएको हो।
सो क्रममा प्रहरीले आपराधिक गतिविधिमा संलग्न २ सय ५० जनालाई पक्राउ गरेको छ। जसमा २३ जना महिला समेत छन्।
प्रहरीले बेला-बेलामा बिनासूचना आफ्ना मातहतका सबै संयन्त्रलाई परिचालन गरेर यस्ता अपरेसन चलाउने गरेको छ। त्यस्तै, प्रहरीले कुनै पनि कसुरमा फरार रहेका व्यक्ति देखिएको खण्डमा खबर गर्न समेत अनुरोध गरेको छ।
चाडपर्व नजिकिँदै गर्दा प्रहरीले सक्रियता बढाएको हो।