BIZMANDU
www.bizmandu.com

सुनको मूल्य एक हजार ५०० रुपैयाँले बढ्यो, चाँदीको भाउ पनि लाग्यो उकालो

२०८३ असोज १६

सुनको मूल्य एक हजार ५०० रुपैयाँले बढ्यो, चाँदीको भाउ पनि लाग्यो उकालो
सुनको मूल्य एक हजार ५०० रुपैयाँले बढ्यो, चाँदीको भाउ पनि लाग्यो उकालो

काठमाडौं । अघिल्लो दिनको भन्दा आज सुन तोलामा एक हजार ५०० रुपैयाँ वृद्धि भएको छ।

Vigo
GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ।

बिहीबार सुन तोलामा २ हजार ८०० रुपैयाँले बढेर प्रति तोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुन प्रति तोला २ लाख ९३ हजार ३०० रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ। चाँदी प्रति तोला ४ हजार ४५० रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रति तोला ४ हजार ४२५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य शुक्रबार प्रति औंस ४१८८.४ डलर छ। चाँदी प्रति औंस ६१.२६ डलर रहेको छ।