BIZMANDU
www.bizmandu.com

कांग्रेस महामन्त्रीमा आकांक्षी बढ्दै, तीन गुटमा हुने प्रतिस्पर्धामा गगन-विश्वको रोजाइमा को-को?

२०८३ असोज १६

कांग्रेस महामन्त्रीमा आकांक्षी बढ्दै, तीन गुटमा हुने  प्रतिस्पर्धामा गगन-विश्वको रोजाइमा को-को?
कांग्रेस महामन्त्रीमा आकांक्षी बढ्दै, तीन गुटमा हुने प्रतिस्पर्धामा गगन-विश्वको रोजाइमा को-को?


काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते काठमाडौंमा हुँदैछ। नयाँ कार्यसमिति चयन हुने यो महाधिवेशनमा सबैभन्दा चर्को प्रतिस्पर्धा दुई महामन्त्री पदमा हुने देखिएको छ।

Vigo
GBIME
Tata

महामन्त्रीमा अहिलेका महामन्त्री प्रदीप पौडेल, अर्का महामन्त्री गुरुराज घिमिरे पनि आकंक्षी छन्। पौडेल र घिमिरेसँगै सहमहामन्त्री उदय शमशेर राणा, प्रवक्ता देवराज चालिसे, केन्द्रीय सदस्य नैनसिंह महर, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण र केन्द्रीय सदस्य मधु आचार्यले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन्।

महामन्त्रीमा रामहरि खतिवडा र आङ्गेलु शेर्पाले पनि उम्मेदवारी चर्चा छ।

महामन्त्रीमा बलियो उम्मेदवार को?

सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले हरेक पदमा स्वतन्त्र प्रतिस्पर्धा होस् भनेर प्यानल बनाउन नहुने बताइरहेका छन्। यद्यपि यसपटकको महाधिवेशनमा तीन प्यानलको तीव्र प्रतिस्पर्धा हुने देखिन्छ।

पहिलो संस्थापन समूह, अर्को शेखर कोइराला समूहबाट विशेष महाधिवेशनमा गगनलाई साथ दिन आएपुगेका समूह र अर्को पूर्वसभापति शेरबहादुर देउवा समूहबाट छिटफुट प्रवेश गरेका नेताहरू।

राष्ट्रिय सभागृहमा हुने निर्वाचनमा पदाधिकारीमा गगन-विश्व समूह नै हाबी हुने बताइएको छ। महामन्त्रीमा दर्जन आकंक्षी देखिए पनि गगन-विश्वको पहिलो र दोस्रो नम्बरमा नैनसिंह महर र उदय शमशेर रहेको एक केन्द्रीय सदस्यले बताए।

‘महरलाई गगनको प्यानलमा महामन्त्री बनाउने सहमति छ, यही सहमतिअनुसार तेस्रो धार निर्माण छाड्नुभएको हो,’ ती केन्द्रीय सदस्यले भने, ’विशेष महाधिवेशन गर्न उदय शमशेरको साथ रहेकोले उहाँको पनि प्रबल सम्भावना छ।‘

महर कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्ष बनेर आफ्नो कार्यकाल र पार्टीले दुई पटक थपेको समयमा पनि महाधिवेशन गर्न नसकेपछि हटाइएका थिए। त्यसपछि १४औँ महाधिवशेनमा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका महर गत पुसमा सम्पन्न विशेष महाधिवेशनको विपक्षमा लागेका थिए।

फागुन २१ को निर्वाचनमा महर देउवाको गृह जिल्ला डडेल्धुराबाट चुनाव लडेका थिए। केही समय अगाडिसम्म पनि कांग्रेसमा तेस्रो धार निर्माण गर्ने भन्दै हिँडेका उनी पछिल्लो समय संस्थापनमा लागेका हुन्। अहिले महर महामन्त्री बन्ने अभियान लिएर देश दौडाहमा छन्। उनी सुदूरपश्चिमका जिल्लाहरु घुमेर अहिले मधेश प्रदेशका जिल्लामा नेता कार्यकर्ता भेटमा छन्।

मधेशका नेता कार्यकतासँग छलफलपछि नैनसिंह महर।

सुदूरपश्चिम समेट्न पनि महर यो पटक महामन्त्रीको उम्मेदवारमा पहिलो रोजाइमा परेको नेताहरु बताउँछन्।

यता सहमहामन्त्री उदयशम्शेरलाई पनि गगनले महामन्त्री बनाउने वचन दिएका छन्।

यही तयारीस्वरुप उदयलाई ठूला दलका प्रमुखहरूलाई निम्तो दिने जिम्मेवारीसमेत दिइएको बताइएको छ। केही दिनअघि उदयले झम्सिखेलमा आफ्नो निवास नजिकैको एक पार्टी प्यालेसमा सञ्चारकर्मीसँग विशेष भेट छलफल गरी सुझावसल्लाहसमेत लिएका थिए। तरुण दलका पूर्वअध्यक्ष रहेका सहमहामन्त्री राणाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य जितेका थिए।

उनी विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका हुन्। ललितपुर क्षेत्र नम्बर १ बाट २ पटक निर्वाचित राणा अर्थ राज्यमन्त्री पनि बनिसकेका छन्। यसपटक जसरी पनि महामन्त्री बन्ने दाउका साथ राणा प्रचारमा उत्रिएका छन्।

महाधिवेशनमा उपस्थितिका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निमन्त्रणा गर्दै सहमहामन्त्री उदय शम्शेर राणा।

विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेल र घिमिरे उपसभापतिमा प्रतिस्पर्धा गर्ने वा महामन्त्रीमै प्रतिस्पर्धी बन्ने भन्ने अलमलमा देखिन्छन्। दुई उपसभापति निर्वाचित हुने कांग्रेसमा एक उपसभापति विश्वप्रकाश शर्मा हुने निश्चित भएको बताइएको छ।

कांग्रेसमा १ सभापति २ उपसभापति २ महाममन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। सभापतिमा किशोरसिंह राठौरले उम्मेदवारी दिने बताए पनि गगन लगभग सभापति बन्ने पक्का भएको नेताहरू बताउँछन्।

कांग्रेस उपसभापति शर्माले भने १५औं महाधिवेशनमा गगनको विकल्प नभएको बताउँछन्।

‘अघिल्लो निर्वाचनमा पनि प्रधानमन्त्रीको क्यान्डिडेट गगन थापा हुनुभयो। आउँदो निर्वाचनमा पनि फेरि पनि कांग्रेसका तर्फबाट प्रधानमन्त्रीको क्यान्डिडेट गगन थापा हो। १५औं महाधिवेशन जुट्दै गर्दा गगन थापालाई सभापति बनाएर उच्च मनोबलका साथ अघि बढ्नुपर्छ,’ शर्माले भने।

विशेष महाधिवेशनबाट सभापति बनेका गगनविरुद्ध देउवा समूह छाडेर आएको राठौरले सभापतिमा उम्मेदवारी दिने बताएका हुन्। निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापतिको प्रस्तावमा कोषाध्यक्ष बनाउने विधानमा उल्लेख छ।

विशेष महाधिवेशनपछि बनेको विधानमा ३ सहमहामन्त्री सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था राखिएको छ।