BIZMANDU
www.bizmandu.com

सार्वजनिक यातायातमा डिजिटल भुक्तानी, एनसीएचएल र जीआईजेडबीच सम्झौता

२०८३ असोज १५

सार्वजनिक यातायातमा डिजिटल भुक्तानी, एनसीएचएल र जीआईजेडबीच सम्झौता
सार्वजनिक यातायातमा डिजिटल भुक्तानी, एनसीएचएल र जीआईजेडबीच सम्झौता


काठमाडौं। सार्वजनिक यातायातको क्षेत्रमा डिजिटल भुक्तानीलाई प्रवर्धन गरिने भएको छ। यस सम्बन्धमा एनसीएचएल र जर्मन सहयोग नियोग (जीआईजेड)बीच सम्झौता भएको छ।

Vigo
GBIME
Tata

सम्झौतापत्रमा जीआईजेडका प्रोग्राम म्यानेजर डिएगो सिनियर र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

यो सहकार्यमार्फत एनसीएचएलको राष्ट्रिय भुक्तानी पूर्वाधार प्रयोग गरी जीआईजेडको परियोजना अन्तर्गतका पहलमार्फत देशमा सार्वजनिक यातायात सम्बन्धी भुक्तानीको डिजिटलाइजेसनलाई थप तीव्रता दिने अपेक्षा गरिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सम्झौता अन्तर्गत एनसीएचएल र जीआईजेडले यातायात टिकेटिङ प्रणाली, मोबिलिटी एप्लिकेसन, उपकरण तथा अन्य डिजिटल प्ल्याटफर्मसँग नेपालपे क्यूआर, नेपालपे कार्ड र कनेक्ट आइपीएस लगायतका पेमेन्ट च्यानल इन्टिग्रेट गर्नेछन्।

एनसीएचएलले इन्टिग्रेसन, टेस्टिङ तथा डिप्लोयमेन्टका लागि एपीआई उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग प्रदान गर्नेछ।

कम्पनीका अनुसार ओपन लूप टिकेटिङलाई प्रवर्धन गर्दै यात्रुका लागि एनसीएचएलका भुक्तानी उपकरणमार्फत विभिन्न यातायात प्रणालीमा डिजिटल भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइनेछ।

यसले टिकेटिङ, भाडा संकलन, कारोबार प्रोसेसिङ तथा सेटलमेन्ट लगायत सार्वजनिक यातायात सम्बन्धी भुक्तानीका सम्पूर्ण प्रक्रियालाई डिजिटल बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।