BIZMANDU
www.bizmandu.com

सेयर बजार २५९९ अंकमा, १३९ कम्पनीको मूल्य बढ्दा, ४ अर्ब ८९ करोडको किनबेच

२०८३ असोज १५

सेयर बजार २५९९ अंकमा, १३९ कम्पनीको मूल्य बढ्दा, ४ अर्ब ८९ करोडको किनबेच
सेयर बजार २५९९ अंकमा, १३९ कम्पनीको मूल्य बढ्दा, ४ अर्ब ८९ करोडको किनबेच

काठमाडौं। सेयर बजारमा १३९ कम्पनीको मूल्य बढेको छ। बिहीबार बजार खुलेदेखि उतारचढाव देखिएकामा अन्तिममा उही विन्दुमा पुगेर बन्द भएको हो।

Vigo
GBIME
Tata

सूचक ०.२६ अंक उकालो लागेर २५९९.१५ विन्दुमा पुगेको छ। १३९ कम्पनीको सेयरमूल्य बढेको छ। बढेकामध्ये सिन्धु विकास बैंकको सेयर मूल्य उचालिएको छ। बैंकको भाउ अन्तिममा १०.८१ प्रतिशतले बढेको छ।

१२८ कम्पनीको सेयर मूल्य घटेको छ। सयपत्री हाइड्रोपावरको भाउ ९.६६ प्रतिशतले घटेको छ। १२ क्मपनीको मूल्य स्थिर छ।

बजारमा ४ अर्ब ८९ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

सिद्धार्थ बैंकको सर्वाधिक ३० करोड ५३ लाख र अपी पावरको २२ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।