BIZMANDU
www.bizmandu.com

बालेनले बढाए विदेशी राजदूतसँग छलफल, अष्ट्रेलियाका साइमन अर्न्स्टसँग सिंहदरबारमा वार्ता

२०८३ असोज १५

बालेनले बढाए विदेशी राजदूतसँग छलफल, अष्ट्रेलियाका साइमन अर्न्स्टसँग सिंहदरबारमा वार्ता
बालेनले बढाए विदेशी राजदूतसँग छलफल, अष्ट्रेलियाका साइमन अर्न्स्टसँग सिंहदरबारमा वार्ता

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न मुलुकका राजदूतसँग पालैपालो कुरा गर्ने क्रम बढाएका छन्। विदेशी राजदूतसँग दुई पटक सामूहिकरुपमा वार्ता गरेका बालेनले अब अलग अलग रुपमा कुरा गर्ने क्रम बढाएका हुन्।

Vigo
GBIME
Tata

उनीसँग बिहीबार अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले भेटवार्ता गरेका छन्। राजदूत अर्न्स्टले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर बालेनसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

बालेनले यसअघि भारतीय राजदूत नवीन श्रीवास्तव, चिनियाँ राजदूत झाङ माओमिङ, जापानी राजदूत माइदा तोरु र कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनलाई सिंहदरबार बोलाएर कुरा गरेका थिए।