काठमाडौं । सरकारले महिला कर्मचारीलाई महिनावारी विदा दिने प्रस्ताव गरेको छ।
आज संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसदमा दर्ता गर्दै सरकारले यस्तो व्यवस्था गरिएको हो।
विधेयकको बुँदा १२५ मा निजामती कर्मचारीहरुले पाउने ९ प्रकारका बिदामा महिनावारी/रजस्वला विदा दिने उल्लेख छ।
यसअघि महिला कर्मचारीलाई यस्तो विदाको व्यवस्था थिएन।