BIZMANDU
www.bizmandu.com

मोती दुगडको सेन्चुरी ग्रुपले बाढी प्रभावित १०० जनालाई रोजगारी दिने, असहायलाई शिक्षा

२०८३ असोज १५

मोती दुगडको सेन्चुरी ग्रुपले बाढी प्रभावित १०० जनालाई रोजगारी दिने, असहायलाई शिक्षा
मोती दुगडको सेन्चुरी ग्रुपले बाढी प्रभावित १०० जनालाई रोजगारी दिने, असहायलाई शिक्षा


विराटनगर। पूर्वमन्त्री मोती दुगडको सेन्चुरी ग्रुप (दुगड स्पाइसेस)ले भोटेकोशी बाढीपीडितमध्ये १०० जनालाई रोजगारी दिने घोषणा गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीले बाढीका कारण असहाय भएका विद्यार्थीको शिक्षाको जिम्मा लिनुका साथै १०० जनालाई रोजगारी दिने घोषणा गरेको हो।

‘अब हामी बाढीपीडितलाई दीर्घकालसम्म सहयोग हुने गरी सहयोग गर्नेछौं। हामी यस ग्रुपअन्तर्गतका विभिन्न उद्योग तथा कार्यालयमा पीडितको योग्यता र क्षमताअनुसारको रोजगारी दिनेछौं’, दुगडले भने।

कम्पनीले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिएको थियो भने बाढी प्रभावितका लागि ५० लाख बराबरको खाद्यान्न र अन्य सामग्री प्रदान गरेको थियो।

दुगडले विपद्‍का बेला सरकारलाई सघाउनु निजी क्षेत्रको दायित्व भएकाले शिक्षा र रोजगारीको कार्यक्रम ल्याएको स्पष्ट पार्दै तत्काल १०० जनालाई रोजगारी दिने बताए। अभिभावक वा सबै धन सम्पत्ति गुमेर निसहाय भएका बालबालिकालाई विद्यालय तहसम्मको शिक्षा दिने उनको भनाइ छ।

दुगडले यसका लागि स्थलगत अध्ययन गरेर असहाय बालबालिका र बेरोजगार युवायुवतीको पहिचान गर्ने जानकारी दिए। ‘हाम्रो समूहले बाढी प्रभावित क्षेत्रमै गएर पीडितको प्रत्यक्ष अध्ययन अवलोकन गर्नेछ। यसपछि आवश्यक शिक्षा र रोजगारीको निधो हुनेछ।’