BIZMANDU
www.bizmandu.com

हिमलुङ हिमपहिरोमा हराएका थप तीन आरोहीको शव फेला, मृतकको संख्या सात पुग्यो

२०८३ असोज १४

हिमलुङ हिमपहिरोमा हराएका थप तीन आरोहीको शव फेला, मृतकको संख्या सात पुग्यो
हिमलुङ हिमपहिरोमा हराएका थप तीन आरोहीको शव फेला, मृतकको संख्या सात पुग्यो


मनाङ। मनाङको नार्पाभूमि गाउँपालिका -५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये थप तीन जनाको शव भेटिएको छ।

Vigo
GBIME
Tata

तीन जनाको शव भेटिएसँगै असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या सात पुगेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार गोर्खाको धार्चे गाउँपालिका २ करौँजाका ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐँसेलुखर्क गाउँपालिका ३ का सुरज राई र रुकुमको हुकामका ५७ वर्षीय कमल बुढाको शव भेटिएको हो।

घटनास्थलमा अन्तरराष्ट्रिय माउन्टेन गाइड (आइएफएमजीए) का पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँच जना अनुभवी क्लाइम्बिङ गाइडको विशेष टोली उद्धारमा खटिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। सोही टोलीले हिउँ पन्छाएर उनीहरुको शव निकालेको उनले बताए।

यसअघि आइतबार र सोमबार खोजी गर्ने क्रममा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो। रासस