BIZMANDU
www.bizmandu.com

गल्छी-बेत्रावती सडक बाढीले बगाएको एक महिनापछि भोलिदेखि सञ्चालनमा आउने

२०८३ असोज १४

गल्छी-बेत्रावती सडक बाढीले बगाएको एक महिनापछि भोलिदेखि सञ्चालनमा आउने
गल्छी-बेत्रावती सडक बाढीले बगाएको एक महिनापछि भोलिदेखि सञ्चालनमा आउने


काठमाडौं। एक महिनाअघिको बाढीले क्षतिग्रस्त गल्छीदेखि बेत्रावतीसम्मको सडक बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। गल्छी-त्रिशूली-मैलुङ स्याफ्रुबेसी-रसवागढी सडक योजनाले काम अन्तिम चरणमा पुर्‍याएको छ।

Vigo
GBIME
Tata

सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख बद्रीप्रसाद शर्माका अनुसार गल्छीदेखि बेत्रावतीसम्मको सडक सञ्जाल बिहीबार जोडिने जानकारी दिए।

‘भोलिदे बेत्रावतीसम्म अस्थायी सडक सञ्चालनमा आउँछ। तर, बेत्रावतीमा बेलीब्रिज नभएसम्म स्याफ्रुबेसी जोड्न सकिंदैन,’ शर्माले भने।

गल्छी-बेत्रावती सडक गत साता नै सञ्चालनमा ल्याउने योजना बनाइएकामा असोज ८-११ गतेको अविरल वर्षाका कारण काम रोकिएको थियो।

बेत्रावतीबाट स्याफ्रुबेसीसम्मको सडकमा समस्या छैन। तर, बेत्रावतीको पुल बाढीले बगाएकाले त्यहाँबाट अगाडि बढ्न बेलीब्रिज आवश्यक छ।

बेलीब्रिजका लागि फाउन्डेसन तयार पारिसकिएको छ। शर्माका अनुसार फाउन्डेसनलाई ड्राइ गर्ने काम गरिंदैछ। गल्छी-बेत्रावती सडक सञ्चालनमा आएपछि सेनाले बेलीब्रिजको हाल्ने काम अगाडि बढाउनेछ।

शर्माका अनुसार स्याफ्रुबेसीमा पनि बेलिब्रिज हाल्ने तयारी छ। स्याफ्रुबेसीबाट रसुवागढी नाकासम्मको सडक भने बाढीले पूरै कोल्याप्स भएको छ।