BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई क्यापिटलको साधारण सभा सम्पन्न, २५ प्रतिशत लाभांश प्रस्ताव पारित

२०८३ असोज १४

ग्लोबल आइएमई क्यापिटलको साधारण सभा सम्पन्न, २५ प्रतिशत लाभांश प्रस्ताव पारित
ग्लोबल आइएमई क्यापिटलको साधारण सभा सम्पन्न, २५ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं। ग्लोबल आइएमई क्यापिटलको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

Vigo
GBIME
Tata

बुधबार काठमाडौंमा भएको साधारण सभाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनश सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

सञ्चालक समितिका अध्यक्ष दीपचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न साधारण सभाले साधारणभाले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र वार्षिक प्रतिवेदन पनि पारित गरेको छ।

अध्यक्ष रेग्मीले मुलुकमा आर्थिक गतिवधि सुस्त रहे पनि कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्न सक्नु सेयरधनीका लागि खुशीको विषय भएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।