काठमाडौं। सरकारले मुस्लिम आयोगमा थन्क्याइएका नमराज घिमिरेसहित १७ जना सहसचिवको सरुवा गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नमराजलाई आयोगबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सार्वजनिक गरेको सरुवाको सूची अनुसार उद्योगका युवराज अधिकारीलाई नमराजको ठाउँमा पठाइएको छ।
उद्योगका अर्का सहसचिव रामबन्धु सुवेदी पनि सरुवामा परेका छन्। उनलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जिम्मेवारीविहीन बनाएर राखिएका ४ सहसचिवले नयाँ जिम्मेवारी पाएका छन्। भूपेन्द्र थापालाई लगानी बोर्ड, डा. पुष्पराज शाहीलाई धरान उपमहानगर, वेदप्रसाद खरेललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र चिरञ्जिवी पौडेललाई राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको हो।