BIZMANDU
www.bizmandu.com

रीमा विश्वकर्माले भनिन्- सदन अटोमेटेड एआई भर्जनजस्तो भयो, विधेयक म्याराथन नगराइयोस्

२०८३ असोज १४

रीमा विश्वकर्माले भनिन्- सदन अटोमेटेड एआई भर्जनजस्तो भयो, विधेयक म्याराथन नगराइयोस्
रीमा विश्वकर्माले भनिन्- सदन अटोमेटेड एआई भर्जनजस्तो भयो, विधेयक म्याराथन नगराइयोस्


काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रीमा विश्वकर्माले सदनमा विधेयक म्याराथन नगराउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

Vigo
GBIME
Tata

उनले बुधबार प्रतिनिधि सभाको बैठकमा एकै दिन ३/४ वटा विधेयकमाथि सैद्धान्तिक छलफल गराइकामा प्रश्न उठाएकी छन्। उनले यसले सदन अटोमेटेड एआई भर्जनजस्तो देखिएको बताइन्।

‘मलाई केही दिनयता यो सदन अटोमेटेड एआई भर्जनमा संचालन भइरहेको हो कि जस्तो लागिरहेको छ। एकै दिनमा ३/४ वटा विधेयक पढ्ने, छलफल गर्ने अनि ७२ घण्टाभित्र संशोधन पनि हाल्नुपर्ने। मातृत्व, गर्भपतन, प्रजनन स्वास्थ्य जस्ता महिलाका अधिकार र स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विषयमा विधेयक पनि एउटै बास्केटमा हालेर एकैदिन पारित गरियो,’ उनले भनिन्, ‘हामीले कानुन निर्माणको यो पूर्वाधारमै पर्याप्त समय नलगाउने हो भने जनतालाई कसरी कानुनको गुणस्तर सुनिश्चित गराउने? म सरकारसँग सदनसँग र सभामुखसँग विनम्र अनुरोध गर्न चाहन्छु, यो सदनमा विधेयक म्याराथन नगराइयोस्।’