BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा पुनः बढोत्तरी : सुन तोलामा २८ सय र चाँदी ३० रुपैयाँ महँगियो

२०८३ असोज १४

सुनचाँदीको मूल्यमा पुनः बढोत्तरी : सुन तोलामा २८ सय र चाँदी ३० रुपैयाँ महँगियो
सुनचाँदीको मूल्यमा पुनः बढोत्तरी : सुन तोलामा २८ सय र चाँदी ३० रुपैयाँ महँगियो

काठमाडौं। दुई दिनदेखि घट्न थालेको सुनको मूल्य पुनः बढेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो।

Vigo
GBIME
Tata

बुधबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९३ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन तोलामा ३ हजार ८ सय रुपैयाँले घटेर प्रति तोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुन प्रति तोला २ लाख ९४ हजार ३०० रुपैयाँ थियो।

चाँदीको मूल्य बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रति तोला ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रति तोला ४ हजार ३९५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार बढ्दै प्रति औंस ४१७९.५१ डलर पुगेको छ। चाँदी प्रति औंस ६१.०४ डलर छ।

अघिल्लो दिन सुन प्रति औंस ४१२९.५६ डलर र चाँदी प्रति औंस ६०.४७ डलर थियो।