BIZMANDU
www.bizmandu.com

संस्थागत लगानीकर्ता बजारको ड्राइभर, व्यक्तिगत लगानीकर्ता संरक्षक हुनुपर्छ : प्रियराज रेग्मी

२०८३ असोज १४

संस्थागत लगानीकर्ता बजारको ड्राइभर, व्यक्तिगत लगानीकर्ता संरक्षक हुनुपर्छ : प्रियराज रेग्मी
????????, ?? ????? ?????? ???? ???????????? ???????? ?????????????? ??????? ????????? ?????? ????? ???? ??????? ???? ?????? ??????? ????? ??????? ?????????, ????????, ????????? ??? ??????????? ????? ???????? ????????, ???????, ???? ??????? ??? ????? ? ???????????? ??? ??????? ????????? ??????? ????? ? ????????????? ???? ?????? ???????? ????? ?????÷????


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार समितिका सभापति प्रियराज रेग्मीले सरकारले सेयर बजार सुधारका लागि अघि सारेका २१ बुँदा सकारात्मक रहेको बताएका छन्।

Vigo
GBIME
Tata

आज अर्थ समितिमा उनले सभापति सरकारको प्रयास सराहनीय रहेको भन्दै यसको प्रभाव बजारमा देखिन समय लाग्ने बताए।

‘यो अलिकति ढिलो गरि आएका कारणले गर्दा पुँजी बजारमा यसको प्रभाव पर्नलाई अलिकति समय लागिरहेको जस्तो लाग्छ,’ उनले भने।

उनले बजार सुधारका लागि सरकारसँगै धितोपत्र बोर्डले थालेका प्रयासहरुमा नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्ने पूर्वसर्त हुनुपर्ने उनको सुझाव थियो।

‘नत्र यो सबै चिजहरू त्यति कार्यान्वयनमा ल्याउन सजिलो छैन। अनि यसलाई सहयोग गर्नलाई व्यवसायीहरूको स्तरीकरण गर्नु पर्‍यो जुन चाहिँ हिजो पनि आएको छ। ब्रोकरहरूका विषयमा, मर्चेन्ट बैंकरदेखि लिएर गएर सबैको एउटा स्ट्यान्डर्डाइजेसन हुनुपर्‍यो। र तिनले पनि सहयोग गर्नुपर्‍यो,’ उनले भने।

उनले सामाजिक संजाल नियमन नहुँदा भ्रम सिर्जना भइरहेको भन्दै त्यसले बजारलाई बिगारिरहेको बताए। त्यस्तै, उनले आईपीओको प्रक्रियालाई बुक बिल्डिङ मार्फत ल्याउने भनिरहँदा योग्य संस्थागत लगानीकर्ताको संख्या एकदमै कम रहेकोले उनीहरूको भूमिका बढाउनुपर्ने बताए।

‘हाम्रो चाहना संस्थागत लगानीकर्तालाई बजारको ड्राइभर बनाउने र व्यक्तिगत लगानीकर्तालाई संरक्षण गर्ने हो,’ उनले भने, ‘हामी अहिले संस्थागत लगानीकर्तालाई विभिन्न कारणले चाहिँ निरुत्साहित गरिरहेका छौं। त्यसमा बाधक कर पनि हो।’

उनले नेप्सेको पुँजीकरण र सूचक गणनामा पनि समस्या भएको सुनाए। फ्लोट सेयरको आधारमा सुधार गर्नुपर्ने उनको धारणा थियो।

‘सूचकलाई अलि व्यवस्थित गर्नुपर्‍यो। आईपीओ, दोस्रो बजारलाई ब्यालेन्स गर्ने विषय, र संस्थागत लगानीकर्ता बढाउने विषय प्राथमिकतामा परोस्,’ उनले भने। पुँजी बजारले पुँजी परिचालन गरेर अर्थतन्त्रलाई टेवा पुर्‍याएन भने फेरि त्यो काम नलाग्ने उनको तर्क थियो।