BIZMANDU
www.bizmandu.com

बृहत्तर लुम्बिनी क्षेत्रमा पर्यटकका लागि इभी भ्यान सञ्चालन गरिने, पाँच वर्षे ठेक्कालाई बोलपत्र आह्वान

२०८३ असोज १४

काठमाडौं। बृहत्तर लुम्बिनी क्षेत्रमा पर्यटकका लागि विद्युतीय भ्यान सेवा सञ्चालन गरिने भएको छ। इभी भ्यान चलाउन लुम्बिनी विकास कोषले ५ वर्षे ठेक्का लगाउने तयारी गरेको हो। यसका लागि बुधबार बोलपत्र आह्वान गरेको छ।

Vigo
GBIME
Tata

कोषसँग हाल १४ वटा इभी भ्यान छन्। ठेक्का लिने कम्पनीले आवश्यकताअनुसार थप सवारीसाधन सञ्चालन गर्न सक्छन्। ५ वर्षका लागि न्यूनतम सुरुवाती ठेक्का अंक मूल्य अभिवृद्धि करसहित २ करोड ४० लाख रुपैयाँ तोकिएको छ।

सुरुमा कोषले भ्यानहरूको मर्मत सम्भार र ब्लुबुक नवीकरण गरी हस्तान्तरण गर्नेछ भने त्यसपछि सम्पूर्ण मर्मत, बीमा, चालक तथा सहचालकको व्यवस्थापन ठेकेदार कम्पनी स्वयंले गर्नुपर्नेछ। ठेक्का अवधि सकिएपछि भ्यानहरू चालू अवस्थामै कोषलाई फिर्ता गर्नुपर्नेछ।

बुद्धस्थल लुम्बिनीसहित रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा फैलिएको बृहत्तर लुम्बिनी क्षेत्रका पर्यटकीय तथा पुरातात्विक स्थलहरूमा यी सवारीसाधन सञ्चालन हुनेछन्।