BIZMANDU
www.bizmandu.com

अमेरिकासँग २.०७ करोड डलर अनुदान लिन मन्त्रिपरिषद्‍को स्वीकृति, वन क्षेत्र प्रयोग गर्न अनुमति

२०८३ असोज १३

अमेरिकासँग २.०७ करोड डलर अनुदान लिन मन्त्रिपरिषद्‍को स्वीकृति, वन क्षेत्र प्रयोग गर्न अनुमति
अमेरिकासँग २.०७ करोड डलर अनुदान लिन मन्त्रिपरिषद्‍को स्वीकृति, वन क्षेत्र प्रयोग गर्न अनुमति

काठमाडौं। स्वास्थ्य सेवा सुधारका लागि अमेरिकाले नेपाललाई २ करोड ७ लाख डलर अनुदान सहायता दिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाले दिने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

Vigo
GBIME
Tata

बैठकले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमला-ढल्लेवर-पथलैया सडक, गर्ज्याङ खोला र बलेफी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सशस्त्र प्रहरीलाई पनि तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोष्ट स्थापना गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको छ।