काठमाडौं। सेयर बजार लागतार दोस्रो दिन घटेको छ। नेप्से परिसूचक मंगलबार ९.६२ अंक घटेर २६०३.७१ विन्दुमा आएको हो।
कारोबारमा आएका निर्जीवन र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्। नेप्से सूचक सोमबार १६.४७ अंकले घटेको थियो।
मंगलबार १९९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ४.२३ प्रतिशतले घटेको छ।
६९ कम्पनीको सेयर मूल्य बढेको छ। सयपत्री हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ६.७९ प्रतिशतले बढेको छ।
बजारमा ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै २२ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, शिवम् सिमेन्टको १७ करोड २५ लाख, सिद्धार्थ बैंकको १६ करोड ५० लाख र गरिमा विकास बैंकको १५ करोड रुपैयाँको सेयर कारोबार भएको छ।