BIZMANDU
www.bizmandu.com

एसियन गेम्समा क्रिकेटको वैरी वर्षा, चार टोली नखेली सेमिफाइनलमा, एसोसिएट खेलाडीमा निराशा

२०८३ असोज १३

एसियन गेम्समा क्रिकेटको वैरी वर्षा, चार टोली नखेली सेमिफाइनलमा, एसोसिएट खेलाडीमा निराशा
एसियन गेम्समा क्रिकेटको वैरी वर्षा, चार टोली नखेली सेमिफाइनलमा, एसोसिएट खेलाडीमा निराशा


काठमाडौं। जापानमा जारी एसियन गेम्सअन्तर्गत क्रिकेटको समीकरण पूरा भएको छ। अब सेमिफाइनलमा भारत र बंगलादेश तथा पाकिस्तान र श्रीलंका सेमिफाइनलमा पुग्दैछ। यी टोलीले सेमिफाइनल पुग्न कति खेल जिते?

Vigo
GBIME
Tata

-शून्य।

एसियन गेम्समा अफगानिस्तानबाहेकका टेस्ट टोलीलाई सिधा क्वाटरफाइनलमा इन्ट्री मिलेको थियो। बाँकी ६ टोलीले क्वाटरफाइनल पुग्न दुई समूहमा प्रतिस्पर्धा गरे। नेपालले अफगानिस्तान र जापानलाई पछि पार्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो। अफगानिस्तानलाई हराएको नेपालको जापानसँग खेल वर्षाले रद्द हुँदा अंक बाँड्दै क्वाटरफाइनलमा पुगेको थियो।

अर्को समूहमा मलेसिया र हङकङ ‌ओमनलाई पछि पार्दै क्वाटरफाइनल पुगेका थिए। यो समूहमा पनि मलेसिया र ओमनले वर्षाका कारण अंक बाँडेका थिए।

क्वाटरफाइनलमा क्रिकेटबाहेक समीकरणमात्रै भएर टुंगियो। क्वाटरफाइनलमा बंगलादेश र मलेसिया, नेपाल र श्रीलंका, भारत र अफगानिस्तान तथा हङकङ र पाकिस्तान भिड्नुपर्ने थियो। यी कुनै पनि खेल वर्षाका कारण सम्भव भएनन्। यसमा ओसीएले माथिल्लो वरीयताको टोलीलाई अघि बढायो। यसरी नेपाल, मलेसिया, अफगानिस्तान र हङकङ क्वाटरफाइनल नखेली बाहिरिँदा श्रीलंका, भारत, पाकिस्तान र बंगलादेश खेल्दै नखेली मेडलको नजिक पुगिसेकका छन्।

ओसिएको यो नियमलाई खेलाडीहरुले असन्तुष्टि पोखिरहेका छन्।

‘सबै मेहनत, त्याग र सपनाका बाबजुद पनि खेल्ने अवसर नै नपाई एसियन गेम्सबाट बाहिरिनुपरेको छ। हामी आशा र उत्साहका साथ आएका थियौँ, तर मैदानमा एउटा पनि गल्ती नगरी हृदयमा पीडा बोकेर फर्किनुपरेको छ,’ हङकङका ब्याटर बाबर हयातले लेखेका छन्, ‘कहिलेकाहीँ यस्तो लाग्छ, एसोसिएट क्रिकेटलाई विश्वले मान्यता दिँदा सायद हामी त्यसलाई देख्न यहाँ हुने छैनौँ। संसार कहिलेकाहीँ निकै अन्यायपूर्ण हुँदो रहेछ।’

त्यस्तै, मलेसियाका वीरनदीप सिंहले पनि वर्षौको मेहेनत खेर गएको बताएका छन्।

‘बंगलादेशविरुद्धको क्वाटरफाइनल रद्द भएको खबर आउँदा म त तौलियामै थिएँ। दुःख लाग्यो, हामी मैदानसम्म पुग्न पनि पाएनौँ। टेस्ट राष्ट्रविरुद्ध खेल्ने अर्को अवसरका लागि ३ वर्ष पर्खिएको थिएँ, तर सायद यसपटक हाम्रो भाग्यमै रहेनछ। एसोसिएट क्रिकेट साँच्चिकै कठिन छ!’ उनले लेखेका छन्।

नेपाली खेलाडीले सार्वजनिक रुपमा प्रतिक्रिया दिएका छैनन्।

एसियन गेम्समा दक्षिण एसियाली राष्ट्रहरुलाई मेडलको खडेरी परिरहँदा क्रिकेटको पदक भने दक्षिण एसियामै आउने पक्का भएको छ। एसियन गेम्समा चीन १३५ स्वर्ण, ५७ रजत र ४६ काश्यसहित २३८ पदक जितेर शीर्षस्थानमा छ।

दक्षिण एसियाबाट ५ स्वर्ण समान २१ रजत र काँस्यसहित ४७ पदक जितेको भारत ११ औँ स्थानमा छ। एक स्वर्ण र एक रजत जितेको श्रीलंका २४ औँ स्थानमा छ। पाकिस्तान ५ काश्यसहित ३३ औँ स्थानमा रहँदा नेपालले कबड्डी र बक्सिङबाट गरी दुई काँस्य जित्दै ३५ औँ स्थानमा छ। बंगलादेशले १ काँस्यमात्र जितेर ३६ औँ स्थानमा छ।