BIZMANDU
www.bizmandu.com

कांग्रेसले १५औं महाधिवेशन दुई दिन पछाडि धकेल्यो, उद्‍घाटन १८ गते खुलामञ्चमा

२०८३ असोज १३

कांग्रेसले १५औं महाधिवेशन दुई दिन पछाडि धकेल्यो, उद्‍घाटन १८ गते खुलामञ्चमा
कांग्रेसले १५औं महाधिवेशन दुई दिन पछाडि धकेल्यो, उद्‍घाटन १८ गते खुलामञ्चमा


काठमाडौं। नेपाली कांग्रेसले १५औं महाधिवेशन दुई दिन पछि धकेलेको छ। कांग्रेसले बाढी पहिरोका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएको कारण देखाउँदै महाधिवेशन दुई दिन धकेलेको हो।

Vigo
GBIME
Tata

महाधिवेशन अब असोज १६ को साटो १८ गते सुरु हुनेछ। १८ गते अपराह्न २ बजे खुलामञ्चमा महाधिवशेन उद्‍घाटन गर्ने तय भएको कांग्रेसका कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

‘देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको छ। यस परिस्थितिलाई मध्यनजर गरी १५औं महाधिवेशन उद्‍घाटन समारोह असोज १८ गते २ बजे खुलामञ्चमा हुने व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ,’ कांग्रेसले भनेको छ।