BIZMANDU
www.bizmandu.com

बिपी राजमार्ग ४ दिनपछि आयो सञ्चालनमा, बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’

२०८३ असोज १३

बिपी राजमार्ग ४ दिनपछि आयो सञ्चालनमा, बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’
बिपी राजमार्ग ४ दिनपछि आयो सञ्चालनमा, बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’


काठमाडौं। अविरल वर्षाका कारण बाढीपहिरोले अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ।

Vigo
GBIME
Tata

बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माणका साथै विभिन्न स्थानका पहिरो पन्छाइएसँगै बिपी राजमार्ज मंगलबारबाट सञ्चालनमा आएको हो।

रोशी खोलाको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा अस्थायी डाइभर्सन बगाउनुका साथै दाउन्ने-कालोपुल र चारसयबेसीमा पहिरो खसेर सडक ४ दिनदेखि अवरुद्ध थियो।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल ‘डाइभर्सन’ बनाउन नसकिएपछि खानेपानी पम्प हाउस भएको भित्री ‘ट्र्याक’ खोलेर सवारी आवागमन सुरु गरिएको छ।

डिभिजन प्रमुख सुमन योगेशले खोलामा पानी बहाव घटेपछि चौकीडाँडामा नदी किनारबाट डाइभर्सन निर्माण गरिनेछ।

हाल जोखिमयुक्त स्थानमा एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको छ। ती स्थानमा छिट्टै दुईतर्फी नै खुलाउने गरी काम भइरहेको कार्यालयले जनाएको छ। सडक खुलाउन सोमबार बिहानदेखि अस्थायी ‘डाइभर्सन’ निर्माण र पहिरो पन्छाउने काम थालिएको थियो।