BIZMANDU
www.bizmandu.com

‘एनआईसी एशिया इक्वीटी अपर्चुनिटी फण्ड’ मा मागभन्दा बढी आवेदन, निष्कासन आज बन्द हुँदै

२०८३ असोज १३

‘एनआईसी एशिया इक्वीटी अपर्चुनिटी फण्ड’ मा मागभन्दा बढी आवेदन, निष्कासन आज बन्द हुँदै
‘एनआईसी एशिया इक्वीटी अपर्चुनिटी फण्ड’ मा मागभन्दा बढी आवेदन, निष्कासन आज बन्द हुँदै


काठमाडौं । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको बन्दमुखी योजना ‘एनआईसी एशिया इक्वीटी अपर्चुनिटी फण्ड’ को इकाई खरिदमा माग भन्दा बढी आवेदन परेको छ। यससँगै इकाई निष्कासन तथा बिक्री कार्य आज बैंकिङ समय पश्चात् बन्द हुने कम्पनीले जनाएको छ।

Vigo
GBIME
Tata

क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाई मध्ये १५ प्रतिशत (१ करोड २० लाख इकाई) कोष प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित राखेको छ। बाँकी ६ करोड ८० लाख इकाई असोज ७ गतेदेखि सर्वसाधारण तथा संघसंस्थाका लागि बिक्री खुला गरिएको थियो।

माग गरेभन्दा बढी आवेदन परेकाले निष्कासन प्रक्रिया पूर्वसूचना अनुसार आजै बन्द गर्न लागिएको जनाइएको छ।

असोज १२ गते साँझ ५ बजेसम्ममा ८० करोड रुपैयाँभन्दा बढी रकमको आवेदन परिसकेको छ। व्यवस्था अनुसार अत्यधिक माग परेकाले कोषको आकार ८० करोडबाट बढाएर १ अर्बसम्म कायम गर्न सकिने सुविधा छ। आज बाँकी २० अर्बका लागि आवेदन दिनका सकिने कम्पनीले जनाएको छ।

एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड १० वर्ष अवधि रहेको छैटौं बन्दमुखी योजना हो। योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरिने जनाइएको छ।

उक्त योजनामा संकलित रकम भविष्यमा राम्रो प्रतिफल दिन सक्ने र राम्रो ग्रोथ सम्भावना भएका कम्पनीहरुमा अध्ययन र अनुसन्धान गरी लगानी गरिने भनिएको छ।