BIZMANDU
www.bizmandu.com

आज प्रतिनिधिसभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक पेस हुँदै, अर्थ समितिको बैठक पनि बस्दै

२०८३ असोज १३

आज प्रतिनिधिसभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक पेस हुँदै, अर्थ समितिको बैठक पनि बस्दै
आज प्रतिनिधिसभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक पेस हुँदै, अर्थ समितिको बैठक पनि बस्दै


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्ने कार्यतालिका छ।

Vigo
GBIME
Tata

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी, बैठकमा कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शे रचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ प्रस्तुत गर्ने कार्यसूची पनि छ।

त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन्।

आजै अर्थसमिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ।