BIZMANDU
www.bizmandu.com

वर्षाका कारण हुन सकेन श्रीलंकाविरुद्धको खेल, टस नै नभइ क्वाटरफाइनलबाट बाहिरियो नेपाल

२०८३ असोज १३

वर्षाका कारण हुन सकेन श्रीलंकाविरुद्धको खेल, टस नै नभइ क्वाटरफाइनलबाट बाहिरियो नेपाल
वर्षाका कारण हुन सकेन श्रीलंकाविरुद्धको खेल, टस नै नभइ क्वाटरफाइनलबाट बाहिरियो नेपाल


काठमाडौं। नेपाल र श्रीलंकाबीचको खेल वासआउट भएको छ। जापानमा एसियन गेम्स अन्तर्गत क्रिकेटमा आमनेसामने हुन लागेका नेपाल र श्रीलंकाबीचको खेलमा टस नै नभइ रद्ध भएको हो। योसँगै नेपाली क्रिकेट टोलीको एसियन गेम्सयात्रा हारबिनै टुंगिएको छ।

Vigo
GBIME
Tata

जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा नेपालले एसियन गेम्सको क्वाटरफाइनलमा श्रीलंकासँग भिड्न लागेको थियो। नेपालले एसियन गेम्समा आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई हराउँदै सानदार सुरुवात गरेको थियो। दोस्रो खेलमा जापानविरुद्ध वर्षाकै कारण खेल नतिजाविहीन बन्दा नेपाल समूहविजेता बन्दै क्वाटरफाइनलमा आएको थियो।

क्वाटरफाइनलमा यसअघिका खेलमा पनि वर्षाका कारण खेलै नभइ भारत र पाकिस्तान सेमिफाइनल पुगेका थिए। पाकिस्तान हङकङ र भारत-अफगानिस्तानबीचको खेल वर्षाका कारण हुन नसक्दा वरीयताका आधारमा भारत र पाकिस्तान सेमिफाइनल पुगिसकेका छन्।

आज पनि खेल हुन नसक्दा वरीयताका आधारमा श्रीलंका सेमिफाइनल पुग्दा नेपाल बाहिरिएकोछ।