BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढी पीडितका लागि न्यू ह्यामसरका नेपाली समुदायबाट एक करोड ८४ लाख रुपैयाँ सहयोग

२०८३ असोज १२

भोटेकोशी बाढी पीडितका लागि न्यू ह्यामसरका नेपाली समुदायबाट एक करोड ८४ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढी पीडितका लागि न्यू ह्यामसरका नेपाली समुदायबाट एक करोड ८४ लाख रुपैयाँ सहयोग


अमेरिकाको न्यू ह्यामसर राज्यमा बसोबास गर्ने नेपाली अमेरिकी समुदायले नेपालका भोटेकोशी बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि एक करोड ८४ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।

Vigo
GBIME
Tata

समाजको अगुवाइमा सञ्चालन गरिएको राहत संकलन अभियानमार्फत एक लाख २० हजार अमेरिकी डलरभन्दा बढी रकम संकलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।

समाजका अध्यक्ष लाक्पा शेर्पा नेतृत्वको प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आएका परराष्ट्र मन्त्री शिशिर खनाललाई न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित एक समारोहबीच उक्त सहयोग रकम औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

समारोहमा मन्त्री खनालले भोटेकोशी बाढीपछिको विपद्मा सहयोग गर्ने नेपाली अमेरिकी समुदाय, विदेशमा बसोबास गर्ने नेपाली तथा नेपालप्रति सद्भाव राख्ने सबैप्रति धन्यवाद व्यक्त गरे। समाजका अध्यक्ष शेर्पाले अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, परिवार, व्यवसाय, संघ-संस्था तथा स्वयंसेवकप्रति आभार व्यक्त गर्दै बाढी पीडित परिवारले यथाशीघ्र राहत र पुनर्स्थापनाको अवसर पाउनुपर्नेमा जोड दिए।

समाजका उपाध्यक्ष माधव गुरुङले संस्थागत र समन्वयात्मक प्रयासमार्फत सहयोग संकलन गर्दा पीडितलाई आर्थिक सहयोगमात्र नभई समुदायको एकता र ऐक्यबद्धताको सशक्त सन्देश पनि पुग्ने विश्वासका साथ अभियान सुरु गरिएको बताए।

कार्यक्रममा परराष्ट्र सचिव अमृतकुमा रराई, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी, न्यू ह्यामसर नेपाली समाजका महासचिव प्रभातभट्टराई, कोषाध्यक्ष भेषराज शर्मा, सचिव शेखर राई तथा गैरआवासीय नेपाली संघ, न्यू ह्यामसर च्याप्टरका अध्यक्ष रोशन गुरुङलगायत अन्य समुदायका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।