BIZMANDU
www.bizmandu.com

वर्षाले अवरुद्ध पोखरा जोमसोम हवाइ सेवा पुनः सञ्चालनमा, फसेका पर्यटकलाई राहत

२०८३ असोज १२

वर्षाले अवरुद्ध पोखरा जोमसोम हवाइ सेवा पुनः सञ्चालनमा, फसेका पर्यटकलाई राहत
वर्षाले अवरुद्ध पोखरा जोमसोम हवाइ सेवा पुनः सञ्चालनमा, फसेका पर्यटकलाई राहत


मुस्ताङ। भारी वर्षाले अवरुद्ध (पोखरा-जोमसोम) हवाई सेवा आजदेखि सञ्चालन भएको छ। भारी वर्षा र प्रतिकूल मौसमका कारण शुक्रबारदेखि अवरुद्ध रहेको हवाई सेवा तीन दिनपछि सञ्चालनमा आएको हो।

Vigo
GBIME
Tata

जोमसोम नागरिक उड्ययन कार्यालय अनुसार वर्षा रोकिएर मौसममा सुधार आएसँगै निजी वायु सेवा कम्पनी समिट एयरको टवीनअटर जहाजले पाँच वटा उडान भरेको छ। कार्यालय प्रमुख विश्वराज शर्माका अनुसार प्रतिकूल मौसमका कारण अवरुद्ध बनेको पोखरा-जोमसोम हवाई सेवा आजदेखि सञ्चालन भएको जानकारी दिए।

हवाई सेवा सञ्चालन भएसगै स्वदेशी तथा भारतीय र अन्य मुलुकका हवाई यात्रीहरु मुस्ताङको जोमसोम अवतरण भएका हुन्। मुस्ताङबाट पनि पोखरा जाने हवाई यात्रुहरूको सङ्ख्या उल्लेख्य रहेको प्रमुख शर्माको भनाइ छ।

निरन्तरको वर्षा र हिमपातले राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकका दर्जनौं स्थानमा बाढी पहिरोले सडक अवरुद्ध भए पनि मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई हवाई सेवा सञ्चालान भएसँगै मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई भने केही राहत मिलेको छ।

पर्यटकीय याम तथा दसैँतिहारजस्ता महत्त्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा बाढी पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा मुस्ताङको पर्यटन क्षेत्रले निकै ठूलो क्षति व्यवहोर्नुपरेको मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले बताए। रासस