BIZMANDU
www.bizmandu.com

जीडब्लुएमले ल्यायो फेस्टिभ अफर ‘गो विथ मोर’, गाडी किन्दा ३ लाखसम्मको लाभ

२०८३ असोज १२

जीडब्लुएमले ल्यायो फेस्टिभ अफर ‘गो विथ मोर’, गाडी किन्दा ३ लाखसम्मको लाभ
जीडब्लुएमले ल्यायो फेस्टिभ अफर ‘गो विथ मोर’, गाडी किन्दा ३ लाखसम्मको लाभ


काठमाडौं । जीडब्लुएम नेपालले दसैं–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै ‘जीडब्लुएम फेस्टिभ अफ – गो विथ मोर’ योजना सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

योजनाअन्तर्गत जीडब्लुएमका विद्युतीय एसयूभी ओरा ५ इभी र हाभल जोलियन म्याक्स इभी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मका विभिन्न लाभ पाउने कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत ओरा ५ इभी खरिदमा २ लाख रुपैयाँसम्म र हाभल जोलियनको खरिदमा ३ लाख रुपैयाँसम्मका लाभ उपलब्ध हुने जनाइएको छ। कम्पनीका अनुसार अफरमा फ्री कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर तथा ७ किलोवाटको चार्जर र एसेसरिज समावेश छन्।

त्यसैगरी, ग्राहकले नगद छुट, आकर्षक एक्सचेन्ज भ्यालु तथा सहज फाइनान्सिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यी सुविधा कम्पनीले तोकेको नियम तथा सर्तअनुसार उपलब्ध हुने जनाइएको छ।

जीडब्लुएमको ओरा ५ आकर्षक डिजाइन, आधुनिक प्रविधि र प्रिमियम विद्युतीय मोबिलिटीका लागि परिचित मोडल हो। प्रविधिमैत्री इन्टेरियर र आधुनिक डिजाइन रहेको यो गाडीले नेपाली बजारमा पनि ग्राहकको चासो बढाउँदै आएको कम्पनीको भनाइ छ।

उक्त मोडलले २०२६ टोरोनो अटोमोटिभ डिजाइन अवार्ड्स अन्तर्गत ‘फ्यामिली कार’ विधामा बेस्ट इन्टेरियर डिजाइन अवार्ड समेत प्राप्त गरेको छ।

त्यस्तै, हाभल जोलियन म्याक्स इभीमा आधुनिक एसयूभी डिजाइन, विद्युतीय ड्राइभ र विभिन्न स्मार्ट प्रविधि समावेश गरिएको छ। यो मोडल नाइमा एक्सपो २०२६ मार्फत नेपाली बजारमा सार्वजनिक गरिएको थियो।

‘गो विथ मोर’ अभियानमार्फत गाडी खरिदमा मात्रै नभई ग्राहकको समग्र स्वामित्व अनुभवमा थप मूल्य प्रदान गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ। कम्पनीले विद्युतीय सवारीप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै आफ्नो ईभी पोर्टफोलियोलाई विस्तार गर्दै आएको पनि भनेको छ।

भीजी इम्पेक्स प्रालिको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक हो। कम्पनीका अनुसार यो अफर काठमाडौं, बुटवल, विराटनगर, चितवन, पोखरा, भक्तपुर र धनगढीस्थित आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ।