BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंक र स्याकर ट्रेडिङबीच सम्झौता, होण्डाका गाडी किन्न ५.९९% ब्याजदरमा ऋण

२०८३ असोज १२

एनआइसी एसिया बैंक र स्याकर ट्रेडिङबीच सम्झौता, होण्डाका गाडी किन्न ५.९९% ब्याजदरमा ऋण
एनआइसी एसिया बैंक र स्याकर ट्रेडिङबीच सम्झौता, होण्डाका गाडी किन्न ५.९९% ब्याजदरमा ऋण

काठमाडौं। एनआइसी एसिया बैंकले होण्डा ब्राण्डका सवारीसाधन किन्न चाहने ग्राहकलाई सस्तो ब्याजदरमा ऋण दिने भएको छ। बैंकले ऋण लिने ग्राहकलाई अन्य विशेष सुविधा पनि उपलब्ध गराउने बताएको छ।

Vigo
GBIME
Tata

यस सम्बन्धमा बैंक र होण्डा बाइक बिक्रेता स्याकर ट्रेडिङ कम्पनीबीच सम्झौता भएको छ। समझदारी पत्रमा बैंकका चिफ बिजनेस अफिसर अमित केसी र स्याकर ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत सिर्जना ज्योतिले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसा स्याकर कम्पनीले बेच्दै आएका होण्डा ब्राण्डका कुनै पनि सवारीसाधन खरिद गर्दा परिवर्तनीय ब्याज दर सुविधा लिने चाहने ग्राहकले आधार दरमा १ प्रतिशत प्रिमियम र स्थिर ब्याजदरको सुविधा लिन चाहने ग्राहकले ७ वर्षका लागि ५.९९ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सक्ने बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रशासनिक सेवा शुल्कमा ०.२५ प्रतिशत छुट उपलब्ध गराउने बैंकले मिलाएको छ।