BIZMANDU
www.bizmandu.com

जग्गाको हदबन्दी हटाउन रियल इस्टेट व्यवसायीले खोजे रविको साथ, मूल्य नियन्त्रणको संयन्त्र माग

२०८३ असोज १२

जग्गाको हदबन्दी हटाउन रियल इस्टेट व्यवसायीले खोजे रविको साथ, मूल्य नियन्त्रणको संयन्त्र माग
जग्गाको हदबन्दी हटाउन रियल इस्टेट व्यवसायीले खोजे रविको साथ, मूल्य नियन्त्रणको संयन्त्र माग


काठमाडौं। घरजग्गा व्यवसायीहरुले रियल इस्टेट कम्पनीलाई जग्गाको हदबन्दी नलाग्ने व्यवस्था गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गुहारेका छन्।

Vigo
GBIME
Tata

नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीले हदबन्दीका कारण आफूहरुको ठूलो सम्पत्ति बन्धक बनेको भन्दै यसअघि किनेका जग्गामा निर्मित घर र अपार्टमेन्ट बिक्री गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ।

हदबन्दीका कारण कतिपय व्यवसायीले दुई दशकअघि किनेका जग्गा बेच्न पाएका छैनन्। भूमि व्यवस्था मन्त्रालयका अनुसार हदबन्दीका कारण बन्धक बनेको जग्गा ९०० रोपनीभन्दा बढी छ।

महासंघले जग्गा कित्ताकाटको समस्या दीर्घकालीन रुपमा समाधान गर्न, गैरआवासीय नेपालीले नेपाली नागरिक सरह घरजग्गा किन्न पाउने व्यवस्था गर्न, घरजग्गा बजारको नियमन र मूल्य नियन्त्रणका लागि भूमि बजार सम्बन्धी ऐन ल्याउन, भोटेकोशी बाढी प्रभावितहरुका लागि घरजग्गा व्यवसायीलाई संलग्न गराएर नयाँ वस्ती निर्माण गर्न, घरजग्गा पास गर्दा लाग्ने रजिस्ट्रेसन दस्तुर आधा घटाउन माग गरेको छ।