काठमाडौं। सेयर बजारमा १६.४७ अंकको गिरावट आएको छ। नेप्से परिसूचक सोमबार २६१३.३३ विन्दुमा झरेको छ।
२२४ कम्पनीको सेयर मूल्य घट्दा सबैभन्दा धेरै गुमाउनेमा हाथवे इन्भेष्टमेन्टका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य १०.५८ प्रतिशले ओरालो लागेको छ। ४९ कम्पनीको सेयर मूल्य बढेको छ।
बजारमा ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै मूल्यको सेयर किनबेच हुने कम्पनीमा हिमालयन डिस्टिलरी छ। यो कम्पनीको ३५ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।