BIZMANDU
www.bizmandu.com

पानीधाराको पहिरो पन्छाएपछि संचालनमा आयो पृथ्वी राजमार्गको मलेखु-मुग्लिङ सडक खण्ड

२०८३ असोज १२

पानीधाराको पहिरो पन्छाएपछि संचालनमा आयो पृथ्वी राजमार्गको मलेखु-मुग्लिङ सडक खण्ड
पानीधाराको पहिरो पन्छाएपछि संचालनमा आयो पृथ्वी राजमार्गको मलेखु-मुग्लिङ सडक खण्ड


काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडक खण्ड पुनः संचालनमा आएको छ। हुग्दी खोला नजिक पानीधारामा खसेको पहिरो पन्छाएपछि सडक संचालनमा आएको हो।

Vigo
GBIME
Tata

सो स्थानमा हिजो बेलुकी करिब ६ बजे ठूला चट्टानसहितको पहिरो खसेको थियो। पहिरोका कारण सडक अवरुद्ध थियो।

सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको थियो। सोमबार बिहान करिब ११ बजे पहिरो पूर्णरूपमा पन्छाइएको हो।

तर, सडक खण्डका केही स्थानमा भने जोखिम कायमै छ। धारापानी, फिस्लिङ र जवाङ खोलामा सडकको छेउतर्फ भासिएको छ। ती स्थानमा अहिले सडक एकतर्फी रूपमा संचालनमा छ।

वर्षा रोकिए पनि पहिरोको जोखिम पूर्णरूपमा हटिसकेको छैन। सडकको कमजोर भू-भागमा जुनसुकै बेला पहिरो खस्न सक्ने सम्भावना छ।

कृष्णभीर, धारापानी, फिस्लिङ, घोप्टेभीर, सिमलधारा तथा हुग्दीदेखि जवाङ खोलासम्मको सडक खण्डलाई जोखिमयुक्त मानिएको छ। यी क्षेत्रमा यात्रा गर्दा सडकको पछिल्लो अवस्था बुझेर मात्र अघि बढ्न आग्रह गरिएको छ।

प्रहरीले सवारी चालक र यात्रुलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। तोकिएको गतिसीमा कायम राख्न पनि आग्रह गरिएको छ।

सडकको अवस्था र मौसमअनुसार यात्रा गर्न तथा ट्राफिक नियम पूर्णरूपमा पालना गर्न प्रहरीको आग्रह छ।