काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्समा बिन्जु दाहाल सञ्चालक नियुक्त भएकी छन्।
कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बेठकले बिन्जुलाई सर्वसाधारण सेयरधनी समूहका तर्फबाट सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो।
इन्स्योरेन्समा यो पद करिब तीन सातादेखि खाली थियो। सर्वसाधारण सेयरधनी समूहका तर्फबाट सञ्चालक रहेकी संगीता केसीले भदौ २६ बाट लागू हुने गरी राजीनामा दिएकी थिइन्।