BIZMANDU
www.bizmandu.com

राप्ती हाइड्रोको हकप्रद सेयरको प्रस्तावमा आयोगको कैंची, १:०.२५ को अनुपातमा जारी गर्न पूर्वस्वीकृति

२०८३ असोज १२

राप्ती हाइड्रोको हकप्रद सेयरको प्रस्तावमा आयोगको कैंची, १:०.२५ को अनुपातमा जारी गर्न पूर्वस्वीकृति
राप्ती हाइड्रोको हकप्रद सेयरको प्रस्तावमा आयोगको कैंची, १:०.२५ को अनुपातमा जारी गर्न पूर्वस्वीकृति

काठमाडौं। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ।

Vigo
GBIME
Tata

आयोगले कम्पनीले चाहे भन्दा कम अनुपातमा हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति दिएको हो।

कम्पनीको गत पुस २९ गते भएको साधारण सभाले १:०.४६६१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरी आयोगमा आवेदन दिएको थियो।

तर, आयोगले १:०.२५१४ को अनुपातमा मात्र हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ छ।