BIZMANDU
www.bizmandu.com

मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने, ५ प्रतिशत बोनस सेयर

२०८३ असोज १२

मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने, ५ प्रतिशत बोनस सेयर
मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने, ५ प्रतिशत बोनस सेयर

काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

Vigo
GBIME
Tata

बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बैंकको चुक्ता पुँजी हाल १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा मितेरीको आगामी २१औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।