BIZMANDU
www.bizmandu.com

ट्र्याक र प्लेटफर्म बनाएर नारायणी पुलमा अड्किएको राइनो क्रुज सुरक्षित रूपमा हटाइँदै

२०८३ असोज १२

ट्र्याक र प्लेटफर्म बनाएर नारायणी पुलमा अड्किएको राइनो क्रुज सुरक्षित रूपमा हटाइँदै
ट्र्याक र प्लेटफर्म बनाएर नारायणी पुलमा अड्किएको राइनो क्रुज सुरक्षित रूपमा हटाइँदै

काठमाडौं। नारायणी नदी पुलको दायाँपट्टिको एबुटमेन्ट र पियरबीच अड्किएको राइनो क्रुज हटाउने तयारी भइरहेको छ।

Vigo
GBIME
Tata

पुलमा कुनै क्षति नपुग्ने गरी क्रुजलाई सुरक्षित रूपमा हटाउन आवश्यक काम अघि बढाइएको हो।

क्रेन लैजान आवश्यक ट्र्याक र प्लेटफर्म निर्माणको काम भइरहेको छ। क्रुज हटाउन आवश्यक उपकरणहरू पनि तयारी अवस्थामा राखिएको छ।

क्रेनको प्रयोग गरी क्रुजलाई तान्न लागिएको छ। आवश्यक परे क्रुजलाई चरणबद्ध रूपमा काटेर पुलमा क्षति नहुने गरी हटाउने तयारी गरिएको छ।

क्रुज हटाउने क्रममा पुलको संरचनामा कुनै असर नपर्ने गरी काम गरिनेछ। त्यसका लागि उद्धार टोलीले आवश्यक प्राविधिक तयारी र व्यवस्थापन गरिरहेको छ।

क्रुज पुलमा अड्किए पनि पुलबाट सवारीसाधनको आवतजावत भने नियमित रूपमा भइरहेको छ। पुलको आवागमन प्रभावित नहुने गरी क्रुज हटाउने काम अघि बढाउने तयारी गरिएको छ।