BIZMANDU
www.bizmandu.com

चालु आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँको स्याउ आयात, सबैभन्दा बढी चीनबाट

२०८३ असोज ११

चालु आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँको स्याउ आयात, सबैभन्दा बढी चीनबाट
चालु आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँको स्याउ आयात, सबैभन्दा बढी चीनबाट

काठमाडौं। चालु आर्थिक वर्षको दुई महिनामा एक अर्ब ९५ करोड रुपैयाँको स्याउ आयात भएको छ।

Vigo
GBIME
Tata

साउन र भदौमा एक करोड ४९ लाख किलोभन्दा बढी स्याउ आयात भएको हो। चीनबाट धेरै स्याउ आयात भएको भन्सार तथ्याङ्कले देखाएको छ।

दुई महिनामा चीनबाट एक अर्ब ४६ करोड रुपैयाँको ८९ लाख ७१ हजार किलो स्याउ आयात भएको छ। त्यस्तै, भारतबाट ४९ करोड रुपैयाँको ५९ लाख ३० हजार किलो स्याउ भित्रिएको छ।

गत वर्षको सोही अवधिको तुलनामा कम स्याउ आयात भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३ करोड रुपैयाँको एक करोड ७८ लाख किलोभन्दा बढी स्याउ आयात भएको थियो।

गत भदौ १० गते आएको भोटेकोशीको बाढीले ठूलो परिमाणमा स्याउ बगाएपछि आयात कम भएको व्यवसायीले बताएका छन्।