काठमाडौं। मनकामना केवलकार पूर्ण रुपमा सुरक्षित रहेको र संचालन गर्नसक्ने अवस्थामा रहेको पाइएको छ। ‘केवलकार सेवा पूर्ण रुपमा सुरक्षित र संचालनमा रहेको छ। राजमार्ग खुले र यात्रु आउनेवित्तिकै सेवा संचालन हुनेछ,’ चितवन कोई समूहका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बिजमाण्डूसँग भने, ‘केवलकार संचालनका लागि बाधा पुग्ने केही भएको छैन।’
उनका अनुसार पहुँचमार्गको दोस्रो घुम्तीमुनि पहिरो गएकाले सवारी साधनको पार्किङ भने रोकिएको छ। ‘पार्किङका मुग्लिनतर्फ ७० मिटर अगाडि व्यवस्था गरिएको छ,’ उनले भने।
