काठमाडौं। अविरल वर्षाका कारण बिजुली आपूर्ति प्रभावित हुँदा एनसेलको डेढ सय वटा टावर सटडाउन भएर सेवा प्रभावित भएको छ। कम्पनीका अनुसार सबैभन्दा धेरै लुम्बिनी प्रदेशको टावर सटडाउन भएको हो।
‘अविरल वर्षाले बिजुली बन्द भएको छ। सोलार प्यानलमा पनि घाम नलागेकोले समस्या भयो,’ कम्पनीका एक कर्मचारीले भने, ‘सेवा पुनः संचालन गर्न हाम्रा प्राविधिक टोली लागिरहेका छन्। कतिपय ठाउँमा माइक्रोवेभबाट सेवा पुनः सुरु भइसकेको छ।’
उनका अनुसार वर्षा नरोकिएकोले कतिपय ठाउँमा टावर संचालनमा ल्याउनका लागि केही समय लागेको छ।
‘हामी पूर्ववत सेवा संचालनमा ल्याउनका लागि कठिवद्ध भएर काम गरिरहेका छौं,’ उनले भने।