BIZMANDU
www.bizmandu.com

कालिगण्डकीले जलजलाको फर्से ८० घर बगाएको अनुमान, सुरक्षा टोली पुग्दै

२०८३ असोज ११

कालिगण्डकीले जलजलाको फर्से ८० घर बगाएको अनुमान, सुरक्षा टोली पुग्दै
Screenshot


काठमाडौं । पर्वत जिल्ला जलजला गाउँ पालिका-८ स्थित फर्से बस्तीमा कालीगण्डकी नदीको बहाव बस्तीमा पसेको छ।

Vigo
GBIME
Tata

बाढीले करिब ८० वटा घर बगाएको बताइएको छ। शुक्रबार राती देखिनै बाढी वस्तीमा पस्न सुरु भएपछि मानिसहरू सुरक्षित स्थानमा गएको बुझिएको छ।

मानवीय क्षति भए नभएको अझै एकिन हुन सकेको छैन।

अन्य घरहरु समेत उच्च जोखिममा रहेकोको भन्ने खबर प्राप्त हुन साथ सशस्त्र प्रहरी बल नेपाल नं.२५ चन्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले जिन्सी सर-सामान तथा सबै स्थानीयहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।