काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँले वृद्धि भएको हो।
आइतबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९९ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार सुनको भाउ घटेर प्रति तोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रति तोला ४ हजार ६५५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रति तोला ४ हजार ६ सय २० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४२८५.२९ डलर छ। चाँदी प्रति औंस ६४.३ डलर भएको छ।