BIZMANDU
www.bizmandu.com

हावाहुरीसहितको वर्षाले टेलिकमको पूर्वाधारमा क्षति, सेवा सुधारका लागि मर्मतकार्य जारी

२०८३ असोज ११

हावाहुरीसहितको वर्षाले टेलिकमको पूर्वाधारमा क्षति, सेवा सुधारका लागि मर्मतकार्य जारी
हावाहुरीसहितको वर्षाले टेलिकमको पूर्वाधारमा क्षति, सेवा सुधारका लागि मर्मतकार्य जारी


काठमाडौं। गत बिहीबारदेखि निरन्तर भइरहेको हावाहुरीसहितको वर्षा तथा विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण दूरसञ्चार पूर्वाधारमा क्षति पुगेपछि केही स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ।

Vigo
GBIME
Tata

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले विज्ञप्ति जारी गर्दै विषम मौसमका कारण कतिपय स्थानमा सेवा अवरुद्ध हुन पुगेको जनाएको छ।

कम्पनीका अनुसार भारी वर्षा र पहिरोका कारण सडक तथा यात्रामा कठिनाइ हुँदा प्राविधिक टोलीलाई सम्बन्धित स्थानमा पुग्न समस्या भएको छ। त्यस्तै, अप्टिकल फाइबरमा भएको क्षति, विद्युत् आपूर्तिमा आएको अवरोध तथा हिमपात, वर्षात् र बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा सेवा निरन्तरतामा कठिनाइ भएको हो।

टेलिकमले प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मर्मतसम्भारका काम जारी रहेको जनाएको छ। सम्भव भएका स्थानमा सेवा मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको र मौसममा सुधार आएसँगै सम्बन्धित कार्यस्थलमा पुगेर मर्मत गर्न प्राविधिकहरू तयारी अवस्थामा रहेको कम्पनीले जनाएको छ।

बाढी, पहिरो र निरन्तर वर्षाका कारण सिर्जित कठिन परिस्थितिले ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ। विषम परिस्थितिमा ग्राहकले देखाएको धैर्यप्रति आभार व्यक्त गरेको छ।