BIZMANDU
www.bizmandu.com

कालीगण्डकी ए आयोजनाबाट विद्युत उत्पादन बन्द, सेतीवेणी बजार डुबानमा, मिर्मी पुल बाढीले बगायो

२०८३ असोज ११

कालीगण्डकी ए आयोजनाबाट विद्युत उत्पादन बन्द, सेतीवेणी बजार डुबानमा, मिर्मी पुल बाढीले बगायो
राप्ती नदीमा आएको बाढी राँझा (बाँके),९ असोजः अविरल वर्षाका कारण बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित राप्ती नदीमा आएको बाढी । नदीमा अहिले पानीको सतह बढ्दै गएको छ । तस्बिरः भेषराज बस्नेत/रासस


काठमाडौं । कालीगण्डकीको बाढीले पक्की पुल बगाएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले राससलाई जानकारी दिए।

Vigo
GBIME
Tata

भारी वर्षका कारण स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका सबै ढोका खोलिएका छन्।

अहिले आयोजनाले विद्युत् उत्पादन बन्द गरिएको छ। स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजार डुबानमा परेको उनले जानकारी दिए।