मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको २४ घण्टामा सबैभन्दा बढी पानी चितवन जिल्लाको माडीमा परेको छ।
माडी कल्याणपुर मौसम मापन केन्द्रमा २२२.४ मिलिमिटर परेको जनाइएको छ।
त्यस्तै, मधेश प्रदेश लगायत गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी देखि धेरै भारी वर्षा भएको छ। कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा भएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार निरन्तरको वर्षा सँगै मकवानपुर जिल्ल स्थित लाल बकैया खोला जुरेलिबजारमा बाढी बढिरहेको छ। साथै, खोलाको बहाब खतरा तह नजिक रहेकोले डुबान भइरहने ठाउँका बासिन्दाले साँझ सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले नारायणी नदीको देवघाटमा पनि बाढी बढिरहेको जनाउँदै बहावले खतरा तह पार गरेकोले डुबान भइरहने ठाउँका बासिन्दाले आज साँझसम्मै उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ